रवीन्द्र गौतम । दोलखा
बैशाख १, दोलखा । ऐतिहासिक दोलखा सहरमा करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ । मंगलबार दूधमा नुहाएर पौराणिक रातो मच्छिन्द्रनाथको मुर्तिलाई बुधबार रथारोहण गरिए पछि विहिबारबाट रथ जात्रा शुरु गरिएको हो ।
एकहप्तासम्म चल्ने रथ जात्राको पहिलो दिन पिंगलदेखि नक्छेसम्म, १ गते नक्छेदेखि कोर्छेसम्म, २ गते कोर्छेदेखि टसिचासम्म, ३ गते टसिचादेखि माथिल्लो स्वयम्भुस्थान, ४ गते माथिल्लो स्वयम्भुस्थानदेखि दुंगलसम्म, ५ गते दुंगलदेखि पिंगलसम्म र अन्तिम ६ गते पिंगलदेखि डोकुलढुङ्गा टोलसम्म पु¥याएर समापन गरिने परम्परा रहेको छ ।
प्रत्येक बर्ष कृष्णपक्षदेखि प्रर्दशन गरिने मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखा सहरको बिभिन्न टोलमा पु¥याईने प्रचलन रहेको छ । मल्लकालीन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जय वासुदेवले सुरु गरेको यो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा प्रर्दशन हुँदै आएको छ ।
मच्छिन्द्रनाथको रथ तान्ने जात्रा मनाउँदा रोगव्याधि नलाग्ने, सुख्खा याममा पानी पर्ने आदि जनविश्वास रहँदै आएको छ । धार्मिक आस्थाको कारण जात्रा सुरु हुने बेला स्थानीय व्यक्तिहरु ब्रत समेत बस्ने गर्छन । स्थानीय पर्शुराम जोशी रथ तान्ने बेला पानी पर्ने गरेकोले जात्राप्रति धेरैको विश्वास रहेको बताउँछन् ।
मल्ल राजा जय वासुदेवले कहिले देखि यो जात्रा सुरु गरे भन्ने प्रमाण नभए पनि ने.स. ७०१ (वि.सं. १६३८) मा वंभु वहालका भिक्षु श्री जय जीवराज, जितपारज्यु, देवसिंह र केरंकुटुं रामसिंहले सुनको प्रभा र हृदयसिंह बाबुले सुनको छत्र दोलखाको अवलोकितेश्वर श्री ३ आर्यवलोकितेश्वर भट्टारक सम्बोधन गरी चढाएको प्रमाण भेटिएकोले यो जात्रा त्यतिबेलाभन्दा अघिदेखिनै सुरु भएको अनुमान गर्न सकिन्छ ।
मल्लकालिन राजा जय वासुदेवले साविकको लापिलाङ गाविसस्थित पाखो जग्गा त्यहाँका थामी जातिलाई कमाउन दिएको र गुठिको समेत व्यवस्था गरी उक्त जग्गाको आय स्रोतबाट गुठीमार्फत थामीहरुले रथ तान्न चाहिने सामग्री, एउटा राँगो, एउटा भेडा, २ पाथी तेल, २ पाथी घ्यू, डोरी र काठहरु उपलब्ध गराउनु पर्ने व्यवस्था गरेकोमा थामीहरुले ती सामानहरु दिन छोडेका थिए ।