रवीन्द्र गौतम । दोलखा
बैशाख १२, दोलखा । स्थानीयलाई सेयर लगानीको सुनिश्चित गरि नेपालमा नै पहिलोपटक नयाँ मोडेलबाट निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बारे केही विदेशीले थेसिस गर्ने भएका छन् ।
जलविद्युत्को राजधानीको रुपमा परिचित दोलखा जिल्लाको उत्तरी लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मोडेल बारे एक विदेशी स्नातकोत्तर विद्यार्थीले थेसिस लेख्ने भएकी हुन् । बेल्जियमकी नागरिक ईन्भायरोमेन्ट ज्योग्राफीकी विद्यार्थी मारियन भान बोइकलले नेदरल्याण्डस्थित भान आम्र्सटरडम विश्वविद्यालयमार्फत आफ्नो स्नातकोत्तरको थेसिसमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विभिन्न पक्ष समेट्ने भएकी हुन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न लागेको शेयर, विकास निर्माणका कार्य, आयोजना निर्माणको मोडेल, राज्यको लगानी, सामाजिक विकासले पुर्याएको योगदान बारे विद्यार्थी बोइकलले माथिल्लो तामाकोशी आयोजनामा अनुसन्धान गर्ने बताएकी छन् । ‘म अपर तामाकोशीले स्थानीयलाई दिन लागेको शेयर, आयोजनाको लािग जुटाइएको लगानीको मोडेल, प्रभावित क्षेत्रमा आर्थिक–सामाजिक विकासमा गरेको कामको बारेमा अनुसन्धान गरी मोडेलको प्रभावकारिता मा थेसिस लेख्छु ।’ उनले आयोजनाबाट अतिप्रभावित साविकको लामाबगर, गौरीशंकर, ओराङ, बुलुङ र लादुकका नागरिकहरुसँग कुरा गर्ने जनाएकी छन् ।
तामाकोशी आयोजनामा लगानी र शेयरको मोडालिटी तथा यसले स्थानीय र राष्ट्रियस्तर तथा अन्य आयोजना सुरु गर्न खेलेको असल भूमिका बारे अनुसन्धान गर्न ठूलो मात्रामा विदेशी विद्यार्थीहरु तथा अनुसन्धानकर्ताहरु आउन थालेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । हामीले गरेको पृथक ढंगको काम बारे विश्वले जान्न खोजिरहेको उनको भनाई छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बारेमा अध्ययन अनुसन्धान गर्न विदेशीहरु समेत आउँदा दोलखाको पर्यटन ब्यावसायको समेत प्रवद्र्धन हुने जिल्लाका पर्यटन तथा होटल ब्यावसायीहरु बताउँछन् । २०७५ असार मसान्तभित्र विद्युत् उत्पादन लक्ष्य लिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हालसम्म ८८ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।