२ नगर, ७ गाउँपालिका र जिल्ला समन्वय समिति गरी ३ सय ९७ जना निर्वाचित हुने
रवीन्द्र गौतम । दोलखा
बैशाख ४, दोलखा । करिब २० बर्ष पछि आगामी बैशाख ३१ मा हुन गईरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुबाट दोलखामा बैधानिक रुपमा करिब रु. २५ करोड चुनावी खर्च हुने देखिएको छ ।
दोलखा जिल्लामा नयाँ स्थानीय संरचनाअनुसारको २ नगरपालिका र ७ गाउँपालिका स्तरिय निर्वाचनको उम्मेदवारहरुले निर्वाचन ऐनको विभिन्न दफाले निर्दिष्ट गरेको आचारसंहिताअनुसार बैधानिक रुपमा करिब रु. २५ करोड चुनावी खर्च हुने देखिएको हो । दोलखा जिल्लामा मुख्य प्रतिष्पर्धा हुने नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायत केही साना दलले दिने उम्मेदवारहरुबाट हुने बैधानिक प्रावधानअनुसार सो रकम खर्च हुने देखिएको हो ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ बमोजिम निर्वाचन खर्चको हदअनुसार मतदाता नामावली खरिद, सवारी साधन–घोडा, सवारी इन्धन–दाना, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी–कार्यकर्ता परिचालन, अन्य प्रचार–प्रसार छापा एवम् विद्युतीय माध्यम, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध गरी १० शीर्षकमा खर्च गर्न सक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले तोकेको चुनावी खर्चको अधिकतम हदअनुसार कुनै एक दलले ३ सय ९७ जना उम्मेदवार दिँदा सो दलको बैधानिक चुनावी खर्च रु. ६ करोड ८२ लाख ५० हजार हुन जाने देखिएको छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ बमोजिम निर्वाचन खर्चको हदअनुसारको व्यवस्थाले यस्तो तथ्याङ्क देखाएको हो । नेपालको संविधान २०७२ ले गरेको व्यवस्था अनुसार बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन २०७४ ले दोलखा जिल्लाबाट कम्तिमा ३ सय ९७ जनालाई निर्वाचित गर्ने जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । स्थानीय तहको संरचना अनुसार २ नगरपालिकाको प्रमुख–उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरु तथा ७ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष र वडाध्यक्ष तथा वडा सदस्यहरुले १ लाख ५० हजारदेखि ४ लाख ५० हजारमा नबढाई चुनाव प्रचारप्रसारमा खर्च गर्न पाउने व्यवस्थाअनुसार सो रकम खर्च गर्न बैधानिकता प्राप्त गरेको छ ।
दोलखा जिल्लामा भीमेश्वर र जिरी गरी २ नगरपालिकाबाट प्रमुख र उप्रमुख गरी ४ तथा ७ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १४, वडाध्यक्ष र अन्य सदस्य गरी ३ सय ७० तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख २ र अन्य सदस्यहरु ७ गरी ३ सय ९७ जना निर्वाचित हुनेछन् ।