जेठ २६, दोलखा । दोलखाको बहुचर्चित कालिन्चोक भगवती मन्दिरको भेटी टेण्डर प्रक्रियाबाट संकलन गरिने भएको छ ।
स्थापनाकालदेखि कालिञ्चोक आसपासमा बसोबास गर्नेहरुले संकलन गर्दै आइरहेको भेटी आगामी केही समयदेखि टेण्डर आह्वान गरी संकलन कार्यलाई व्यवस्थित गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले कालिन्चोक भगवती मन्दिरमा तीर्थ भर्न पुगेका भक्तजनहरुले चढाएको भेटी टेण्डर प्रक्रियाबाट संकलन गर्ने प्रक्रिया अगाडि बढाएको हो । कालिञ्चोकमा चढाइएको भेटी अव्यवस्थित भई हिनामिना समेत भएको गुनासोको आधारमा प्रशासनले व्यवस्थित गर्ने प्रक्रिया थालनी गरेको हो ।
व्यवस्थित गरिए पछि संकलन भएको भेटीले राज्यको आम्दानी पनि
बढाउने र मन्दिरको सम्पूर्ण व्यवस्थापनमा समेत सजिलो हुने सुझाव आएपछि सो सम्वन्धमा सरोकारवालाहरुको बैठक बसेको बताईएको छ । कालिन्चोक भगवती गुठी व्यवस्थापन समितिलाई व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको अध्यक्षतामा बसेको बैठकले कालिञ्चोक भगवती मन्दिरको नाममा स्थापित गुठीको जग्गा संकलन गर्न जिल्ला नापी कार्यालयलाई जिम्मेवारी दिने, सार्वजनिक यातायातका साधन नियमित सञ्चालन गर्ने, नित्य पुजाका लागि २ पुजारीको व्यवस्थापन गर्ने, कुरी बजारमा रहेको ३३ ओटा होटल तथा घरलाई स्क्वायर फिटका आधारमा भु–उपयोगको नीति लिई दस्तुर लिने लगायतका महत्वपूर्ण निर्णयहरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मन्दिर आसपासमा बनाईएका टहरा समेत एक महिना भित्र हटाउने जिम्मेवारी जिल्ला बन कार्यालयलाई दिइएको छ । कालिन्चोक भगवतनीको मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको संख्या अत्यधिक बढ्सँगै मन्दिर आसपासमा खानेपानीको पहुँच, सरसफाई, बाटो व्यवस्थित लगायतको चुनौती थपिएकोमा बैठकले त्यसको निराकरण गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।