रवीन्द्र गौतम । दोलखा
असोज ३, दोलखा । तत्कालीन एनेकपा माओवादीबाट छुट्टिएर बनेको नयाँ शक्ति पार्र्टीमा समाहित भएका नयाँ शक्ति दोलखाका ५२ नेता माओवादी केन्द्रमै मिसिएका छन् ।
मंगलबार नयाँ शक्ति पार्टी दोलखाका नेता एवम् वृहत् धु्रबिकरण संयोजन समिति दोलखाका संयोजक अर्जुन थपलियाद्वारा जारी विज्ञप्तीअनुसार नयाँ शक्ति पार्टी शुभेच्छुक सञ्चारकर्मी, विद्यार्थी, युवा, प्रदेश कमिटि सदस्य तथा पूर्व विप्लब माओवादी सहित ५२ जना माओवादी केन्द्रमा समाहित भएका छन् ।
‘दृष्टिकोण र एजेण्डा मिल्ने शक्तिहरुको बृहत् ध्रुबिकरण र एकताबाट मात्र प्रतिगमनकारी शक्तिहरुको पराजय हुन सक्छ भन्ने मान्यता राख्ने माओवादी केन्द्र मात्र रहेकाले मंगलबार ध्रुबिकरण भएको सगौरब घोषणा गर्दछु’ विज्ञप्तीमा भनिएको छ ।
माओबादी केन्द्रमा समाहित हुनेहरुमा भक्त थोकर, चन्द्रकुमार लामा, वाङचुक घिसिङ, कान्छि तामाङ, अर्जुन तामाङ, निमा दोर्जे लामा, सुवास मोक्तान, अमर तामाङ, दिलबहादुर केसी लगायत रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।