रवीन्द्र गौतम । दोलखा
साउन २३, दोलखा । जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा कुमार तामाङ (औतारी) र डबल पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनको तर्फबाट तामाङ र नेकपा एमालेको तर्फबाट पाण्डेले प्रमुखमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । स्थानीय तहमा निर्वाचितहरुमध्येबाट उम्मेदवारी दर्ता गराउन पाइने कानुनअनुसार प्रमुखमा तामाङ र पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
प्रमुख सहित नेपाली काँग्रेसबाट ५ जना र उपप्रमुख सहित माओवादी केन्द्रबाट ४ जना गरी ९ जनाको उम्मेदवारी दर्ता गरिएको नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले जानकारी दिए । नेपाली काँग्रेसको तर्फबाट सदस्यमा चरित्रकृष्ण जोशी, दलित महिला सदस्यमा कमला खाती कामी, महिला सदस्यमा सर्मिला नेपाली र सन्तोषी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रबाट उपप्रमुखमा दिपेन्द्र बुढाथोकी, सदस्यमा भोजबहादुर महत र इराज घिमिरे, महिला सदस्यमा विष्णुमाया कमिनिले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।
२ नगरपालिका सहित ७ पालिकामा विजयी भएको एमाले भने एक्लै निर्वाचनमा उत्रिएको छ । निकै रस्साकस्सी विच जिल्ला समन्वय समितिको प्रमुखमा टिकट पाएका डबल पाण्डे प्रमुख र मनमाया जिरेल उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेबाट सदस्यमा विदुर शर्मा, जितबहादुर श्रेष्ठ, मुरारिराज शिवाकोटी र महिला सदस्यमा आइति तमाङ, गिता पोखरेल, कमलकुमारी कार्की तथा दलित सदस्यमा युवराज घतानीले उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नेपालले जानकारी दिए ।