Thursday, July 28, 2016

दोलखाको रु. ३ अर्ब बजेट फ्रिज, अघिल्लो आवको कूल बजेटभन्दा ८ करोड मात्र कम

रवीन्द्र गौतम । दोलखा

साउन १३, दोलखा । आव २०७२÷०७३ मा दोलखाको चालुगत र पुँजीगत गरी रु. ३ अर्ब बजेट फ्रिज भएको छ । यो दोलखाको कूल बजेटको ४३ दशमलब १७ प्रतिशत बजेट बराबर हो । आवको अन्त्य असार मसान्तसम्म रु. २ अर्ब ७२ करोड ३० लाख बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।
          आव २०७२÷०७३ मा फ्रिज भएको रकम अघिल्लो आव २०७१÷०७२ को कूल बजेटभन्दा ८ करोडमात्र कम हो । आव २०७१÷०७२ मा दोलखाको कूल बजेट रु. २ अर्ब ८० करोड ४१ लाख रहेको कोष तथा लेखा नियन्त्रक

Sunday, July 24, 2016

नेपाली सेनाले दिने राष्ट्रिय सेवा दलको तालिम दोलखामा सुरु


रवीन्द्र गौतम । दोलखा

साउन १०, दोलखा । नेपाली सेनाको राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम दोलखामा सुरु भएको छ ।
          आइतबार एक कार्यक्रम विच नेपाली सेनाको दोलखास्थित रणभिम गणका प्रमुख सेनानी गणपति मधुसुदन नरसिंह राणाले तालिमको शुभारम्भ गरेका छन् । दोलखाको एकमात्र कालिञ्चोक उच्च माविका माध्यमिक तहका किशोर १८ किशोरी १८ गरी ३६ जनाले तालिममा सहभागिता जनाएको रणभिम गण दोलखाका प्रमुख सेनानी गणपति मधुकर नरसिंह राणाले जानकारी दिए ।
        राष्ट्रिय सेवा दलको ४३ व्याचको रुपमा दोलखामा सुरु भएको तालिम संस्थागत ७९ र बार्षिक सामुहिक क्याम्प गरी विदा बाहेक कूल १०० दिन अवधिको हुने सेनाले जनाएको छ । १४ वर्ष उमेर समूह माथिको विद्यार्थीहरुलाई विपद् व्यवस्थापन, खुकुरी, लठ्ठी, पीटी, एरोविक्स, तेक्वान्दो लगायतको तालिम प्रदान गरिने कार्यक्रम छ ।
        विद्यालय समयलाई बाधा नपर्ने गरी साउनदेखि कात्तिकसम्म दैनिक करिब २ घण्टाको तालिम दिइने व्यवस्था मिलाइएको सेनाले जनाएको छ । नेपालमा वि.सं. २०२२ सालदेखि सुरु भएको राष्ट्रिय सेवा दलबाट २२ हजार ९ सय ३८ क्याडेटले पासिङ आउट लिइसकेको सेनाले जनाएको छ ।

Sunday, July 10, 2016

दोलखामा नक्कली सुन देखाई १५ लाख ठगी गर्ने पक्राउ

रवीन्द्र गौतम । दोलखा

असार २६, दोलखा । नक्कली एक किलो सुन देखाई रु. १५ लाख ठगी गर्नेलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ ।
२ महिना अघि एक किलो नक्कली सुन देखाई रु. १५ लाख ठगी

Wednesday, July 6, 2016

डिस्चार्ज गरेको १० मिनेटमा विरामीको मृत्यु, चरिकोट अस्पताल तनावग्रस्त

(फोटो फिचर सहित...)

रवीन्द्र गौतम । दोलखा

असार २२, दोलखा । न्याय हेल्थ नेपाल नामक एनजिओद्वारा व्यवस्थापन गरिएको प्रस्तावित चरिकोट अस्पतालबाट डिस्चार्ज भएको १० मिनेटमा विरामीको मृत्यु भए पछि, अस्पताल तनावग्रस्त भएको छ ।
          भीमेश्वर नगरपालिका–१०, चोथाङकी ४९ बर्षिय धनलक्ष्मी तमाङको डिस्चार्ज भएको १० मिनेट पछि आज बुधबार मृत्यु भएको

Tuesday, July 5, 2016

जुकादेखि पहिरोसम्मको त्रासमा दोलखाका भुकम्पपीडितहरु

रवीन्द्र गौतम । दोलखा

असार २२, दोलखा । बेलैमा बर्षा लागेदेखि पछिल्लो डेढ महिना दोलखाका भुकम्पपीडितहरु जुकादेखि पहिरोसम्मको त्रासमा रात गुजार्न बाध्य भएका छन् ।
           उच्च पहाडी क्षेत्रमा बसोबास गर्नेदेखि तल्लो क्षेत्रमा बसोबास गर्ने भुकम्पपीडितसम्म यो समस्याबाट डेढ महिनादेखि त्रसित बनेका हुन । कति भुकम्पपीडितको भान्सामै जुकाले डसेर

Friday, July 1, 2016

सदरमुकाम चरिकोट अब ४ ओटा सीसी क्यामेराको निगरानीमा

  • सदरमुकाम चरिकोटमा ४ ओटा ।
  • पश्चिम नाका खरिढुङ्गामा २ ओटा ।
  • दक्षिण नाका किर्नेटारमा एकओटा ।

रवीन्द्र गौतम । दोलखा

असार १७, दोलखा । दोलखाको सदरमुकाम एवम् नेपालकै महत्वपूर्ण पर्यटकीय नगरी चरिकोटलाई अब सीसी क्यामेरा समेतले निगरानी गर्न थालेको छ ।
       सदरमुकाम चरिकोटमा भीडभाड