Sunday, May 29, 2016

बजेटबाट फिल्म सिटीको नामै गायव

मन्त्रीहरु टाउकोनेरबाट बोल्छन् कि पुच्छरनेरबाट ?
दोलखा । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपालको पहिलो फिल्म सिटी पूर्व निर्धारित ठाउँ दोलखामै बन्ने प्रतिबद्धता गरेको २ साता नबित्दै फेरि गायब भएको छ । यस अघि दोलखाली नेता पर्यटन तथा संस्कृति मन्त्री आनन्दप्रसाद पोखरेलले पनि सिटी नभए स्टुडियो सम्म मात्र भए पनि दोलखामा नै भन्ने दावी गरेका थिए । जिल्लामा चर्चा चल्न थालेको छ, नेपालका मन्त्रीहरु टाउकोबाट बोल्छन कि पुच्छरबाट ?
          प्रधानमन्त्रीले फिल्मसिटी दोलखामा बन्न नसक्ने

Saturday, May 28, 2016

दोलखामा शिक्षक सरुवा खुल्यो, संघ संगठनका आफन्तको मात्र सरुवा

रवीन्द्र गौतम । दोलखा

  • शिक्षक संघका अध्यक्ष रामजी चौलागाईंका भतिजो रुपेश चौलागाईंको सरुवा भएको २ दिन पछि सोही विद्यालयमा स्थायी पदस्थापन । अध्यक्ष चौलागाईंको दबाबमा २०७२ माघ ९ गते सत्यश्वर उमावि पवटीबाट सर्व मावि जिलुमा सरुवा गरी चौलागाईंलाई २०७२ माघ ११ गते सर्व मावि जिलुमा निमावि तहमा विज्ञान विषयमा पदस्थापन ।
  • शिक्षक महासंघका अध्यक्ष पदम खरेलले आफ्नै भाई बुहारी अस्मिता थपलियाको सरुवा ।
  • नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष जीवन चाकुवजी आफैंले हस्ताक्षर गरेर आफ्नै सरुवा गरेका छन् ।
  • नेपाल राष्ट्रिय शिक्षक संगठनका दबावमा शिक्षक इन्द्रजित रानाको राहत दरवन्दी ताम्राकौशिका निमावि सुनखानीमा कायम गरी सर्सेपु निमावि झ्याँकूमा कामकाज ।

दोलखा । जिल्ला शिक्षा कार्यालय दोलखाले शिक्षकहरुको सरुवा शुरु गरेको छ । कार्यालयले पहिलो चरणमा अस्थायी करार, राहत र स्थायी १२ जना शिक्षकहरुको सरुवा गरेको छ ।
  जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चन, विद्यालय निरीक्षक रामचन्द्र कार्की, नायब सुब्बा राजकुमार प्रसाई र शिक्षकका पेशागत संघ संगठनका ९ पदाधिकारीहरुको २०७२ माघ ९ गते बसेको संयुक्त बैठकले पहिलो चरणमा १२ शिक्षकहरुको सरुवा गरेको हो । सो बैठकले पेशागत संघ संगठनका नेताको आफन्तहरुको मात्र सरुवा गरेको जिल्ला शिक्षा स्रोतले जनाएको छ । निवेदन आए अन्यको पनि सरुवा गरिने सहमति भएको बैठकमा सहभागी स्रोतले बतायो ।
स्रोतका अनुसार बैठकले कूल ११ निर्णयहरु गरे पनि ५ ओटा निर्णयको प्रतिलिपि प्राप्त भएको छ । सो बैठकको निर्णय नं. २ अनुसार सरुवा भएकाहरुमध्ये शिक्षक संघ दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईंको भतिजो रुपेश चौलागाईं र शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम खरेलको भाइबुहारी अस्मिता थपलिया रहेका छन् । सो बैठकले सरुवा गरेको अन्य १० शिक्षकहरुमा जीवन चाकुबजी, कालिका वली, यज्ञप्रसाद शिवाकोटी, नविना दाहाल, रत्न सुब्बा, धनसिंह महरा, अरुणकुमार शाह, मिनप्रसाद पोखरेल, गणेश मगर र जीवन कार्की रहेका छन् ।

सहकारीमा दोलखालीको औषत बचत साढे २२ हजार

रवीन्द्र गौतम । दोलखा

 दोलखा । दोलखामा कार्यरत सहकारी संस्थाहरुमा आवद्ध सेयर सदस्यहरुको औषत बचत साढे २२ हजार रहेको पाइएको छ ।
जिल्ला सहकारी संघ दोलखाको तथ्याङ्कअनुसार दोलखाको ५ सय २३ सहकारीहरुमा आवद्ध १ लाख ५८ हजार ९ सय ९० सेयर सदस्यहरुको

जिविस दोलखाको राजश्व आम्दानी तेब्बरले वृद्धि

रवीन्द्र गौतम । दोलखा

जेठ १५, दोलखा । आव २०७१÷०७२ को तुलनामा आव ०७३÷०७४ मा जिविस दोलखाको राजश्व आम्दानी तेब्बरले वृद्धि हुने भएको छ ।
जिल्ला विकास समिति दोलखाले पहिलो पटक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)प्रतिवेदनको आधारमा

Friday, May 27, 2016

आधिकारिक ट्रेड युनियन दोलखाको चुनावमा ४ सय ५१ मतदाता

रवीन्द्र गौतम । दोलखा

दोलखा । आधिकारिक ट्रेड युनियनको निर्वाचनको लागि सरकारी वकिलको कार्यालयमा रहेको निर्वाचन कमिटि दोलखाले ४ सय ५१ मतदाताको नामावली सार्वजनिक गरेको छ ।
आगामी जेठ १९ गते हुने नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका निर्वाचन प्रयोजनको लागि

Wednesday, May 25, 2016

भुकम्पको त्रासले दोलखामा संकलन भएन यार्सागुम्बा

रवीन्द्र गौतम । दोलखा

दोलखा । गत वर्षको विनासकारी भुकम्पको जोखिम भोगेका कारण यससाल दोलखा उच्च पहाडी भेगबाट यार्सागुम्बा संकलन हुन सकेन ।

सवा करोडमा दोलखाको ९ लघुजलविद्युत् आयोजना मर्मत हुँदै

रवीन्द्र गौतम । दोलखा

दोलखा । गतवर्षको आम विनासकारी भुकम्पका कारण क्षति भएकामध्ये ९ ओटा लघुजलविद्युत् आयोजनाहरुको मर्मत शुरु भएको छ ।
आम विनासकारी भुकम्पका कारण जिल्लाका २३ ओटा लघुजलविद्युत् आयोजनाहरुमा क्षति भए पनि ९ ओटाको मर्मत शुरु भएको हो । ग्रामीण जीविकोपार्जनको लागि नविकरणीय उर्जा कार्यक्रमको रु. २ लाख प्रशासनिक खर्च सहित कूल अनुदान रु. १ करोड २५ लाख ७६ हजार २ सय २० लागतमा ति लघुजलविद्युत् आयोजनाहरु मर्मत शुरु भएको हो ।
कूल ३ सय ३ किलोवाट क्षमताका ९ लघुजलविद्युत् आयोजनाहरु मर्मत हुँदा उत्तरी दोलखाको दुर्गम ८ गाविसका करिब ३ हजार ६५ घरधुरी विद्युत् सेवाबाट लाभान्वित हुने जिल्ला उर्जा तथा वातावरण शाखाका इन्जिनियर श्यामप्रसाद यादवले जानकारी दिए । यादवका अनुसार अनुदानबाट  लघुजलविद्युत् आयोजनाहरुको इन्टेक, हेडरेस कुलो, पोखरी, फोरवे, पेनस्टक पाइप र पावर हाउस लगायको मर्मत कार्य हुने इन्जिनियर

Monday, May 23, 2016

७ वर्षमा दोलखामा थप साढे सय मेगावाट विद्युत् थपिँदै

रवीन्द्र गौतम । दोलखा

दोलखा । साना तथा मझौला गरी ७ वर्षमा दोलखाबाट थप १०० मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।
विद्युत् विकास विभागकाअनुसार १५ साना तथा मझौला जलविद्युत् आयोजनाद्वारा ७ बर्षपछि दोलखाबाट थप १०० मेगावाटभन्दा
दोलखाका ४ हस्तीहरु प्रेस चौतारीका केन्द्रीय सदस्य शरद सापकोटा, अध्यक्ष गणेश बस्नेत, सचिव सुरोजंग पाण्डे र केन्द्रीय सदस्य भवानी कार्की ।

पुस्तक प्रकाशन गरेर सम्झना गरियो एकवर्षअघिको भुकम्प

रवीन्द्र गौतम । दोलखा

दोलखा । दोलखा केन्द्रविन्दु भएर विनासकारी पराकम्प गएको दिनलाई अवसर पारेर ‘दोलखा र भूकम्प’ तस्विरहरुको सँगालो प्रकाशन गरिएको छ । नेपाल पत्रकार महासंघ दोलखाले प्रकाशन गरेको पुस्तक सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विमोचन गरेका हुन् ।
    पुस्तक विमोचन गर्दै मन्त्री राईले तस्विरहरुको सँगालो सबैका लागि उपयोगी र लाभदायक हुने विश्वास व्यक्त गरे । उनले महाभूकम्पका बेला भएका गतिविधि समेटेर निकालिएको पुस्तकले भूकम्पबाट जोगिने उपायहरुको जानकारी दिने, आगामी दिनमा अपनाउनुपर्ने सचेतता र नयाँ संरचना बनाउँदै गर्दा ध्यान दिनुपर्ने कुराहरु समेतको जानकारी दिने बताए ।

मन्त्री राईले भूकम्पपछि उद्धार, राहत र पुनःस्थापनामा पत्रकारहरुले पु¥याएको योगदानको स्मरण गरे । पुनःनिर्माणको कामले गति दिन नसकेको स्वीकार गर्दै उनले पुनःनिर्माणको कामलाई सरकारले पहिलो

भुकम्प पछि दोलखामा रु. ८ अर्ब खर्च

रवीन्द्र गौतम । दोलखा

दोलखा । गत वर्षको विनाशकारी भुकम्प पछि सरकार र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले दोलखा जिल्लामा करिब रु. ८ अर्ब खर्च गरेका छन् ।
भुकम्प लगतै खोज, उद्धार र राहतका लागि जिल्लाका सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले रु. ५ अर्ब ५८ करोड खर्च गरे भने भुकम्प

Sunday, May 22, 2016

शिक्षक राजनीतिले कतै मोज, कतै कन्तविजोग,

दोलखामा ९ बर्षदेखि ५ विद्यालयद्वारा बिना दरबन्दी पठनपाठन
जेठ ७, दोलखा । २०६४ सालमा पठनपाठन शुरु गरेको विद्यालयका विद्यार्थीले चालु शैक्षिक सत्रमा प्रवेशिका परिक्षा दिने भई सक्दा समेत विद्यालयमा एक पनि दरवन्दीका शिक्षक छैनन् । सुन्दा पत्याइन्न तर यो सत्य हो ।
उत्तरी क्षेत्रका ३, पूर्वी क्षेत्रको १ र दक्षिणी क्षेत्रका एक गरी दोलखाका ५ विद्यालयले ९ वर्षदेखि कन्तविजोग तरिकाले पठन पाठन सञ्चालन गदै आएको खुल्न आएको हो । २०६४ साल यता कम्तिमा ६ पटक दरवन्दी मिलान र ३ पटक नयाँ दरवन्दीको पदास्थापन गर्दा समेत ति विद्यालयमा दरवन्दी पुगेन ।

Saturday, May 21, 2016

बाजेको पालाको मुद्दा नातीको पालामा फैसला

लामो कानूनी लडाइ पार गर्दै दोलखाको गौतम गाउँका एघार घरपरिवारले ७१ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । पुनरावेदन अदालत, ललितपुरले बिक्रम संबत् २००० सालदेखिको मुद्दाको छिनोफानो गरेपछि जग्गाधनी पुर्जा पाएका हुन ।