रवीन्द्र गौतम । दोलखा
दोलखा । साना तथा मझौला गरी ७ वर्षमा दोलखाबाट थप १०० मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।
विद्युत् विकास विभागकाअनुसार १५ साना तथा मझौला जलविद्युत् आयोजनाद्वारा ७ बर्षपछि दोलखाबाट थप १०० मेगावाटभन्दा
बढी विद्युत् उत्पादन हुने भएको हो । यस अघि ५ ओटा जलविद्युत् आयोजनाबाट ७८ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाईनमा जडान भैसकेको छ भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सहित ५ सय ६५ मेगावाट उत्पादन गर्ने गरी ७ ओटा आयोजनाहरु निर्माणधिन अवस्थामा रहेका छन् ।
बढी विद्युत् उत्पादन हुने भएको हो । यस अघि ५ ओटा जलविद्युत् आयोजनाबाट ७८ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाईनमा जडान भैसकेको छ भने माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सहित ५ सय ६५ मेगावाट उत्पादन गर्ने गरी ७ ओटा आयोजनाहरु निर्माणधिन अवस्थामा रहेका छन् ।
१५ ओटा आयोजनामार्फत १०० मेगावाट ६ सय ६१ किलोवाट विद्युत् उत्पादन गर्न विभागले सर्भे इजाजत समेत जारी गरिसकेको छ । सर्भे इजाजत प्राप्त सबैभन्दा कम जिल्लाको मालीस्थित १ सय ४० किलोवाट क्षमताको यलुङखोलादेखि सबैभन्दा ठूलो लामाबगर गाविस चीनियाँ सिमास्थित ६२ मेगावाट क्षमताको जुमखोला जलविद्युत् आयोजना रहेको विभागले जनाएको छ ।
साना जलविद्युत् आयोजनाहरुमा गोपी विनायक हाइड्रोपावर प्रोजेक्टद्वारा नाम्दु र भीरकोट गाविसको
सिमावर्ती गोपीखोलाबाट ९ सय ९६ किलोबाट, हेमराज गुभाजुद्वारा मालीस्थित यलुङखोलाबाट १ सय ४० किलोवाट, हिमाल पावर लिमिटेडद्वारा झाँक्रेखोलाबाट ६ सय ३५ किलोवाट, सास्कन प्रालिद्वारा गुमुखोलाबाट १ मेगावाट, निलगंगा हाइड्रोपावरद्वारा घ्याङखोलाबाट १ मेगावाट, ग्लोवल हाइड्रोपावर एसोसियटेडद्वारा अपरखिम्तीखोलाबाट १ मेगावाट, दिपककुमार बुढाथोकीद्वारा अँधेरीखोलाबाट ८ सय किलोवाट, ग्लो टेक सोलुसनद्वारा तामाकोशी नदीको भेड्पु खण्डमा ओपन रिभर टाइप टर्वाइनमार्फत ६ सय किलोवाट र गरिवी निवारण विद्युत् निर्माण कम्पनीद्वारा मार्बुको घट्टेखोलाबाट १ मेगावाट विद्युत् उत्पादनको लागि सर्भे इजाजत जारी गरिएको विभागले जनाएको छ ।
मझौला जलविद्युत् आयोजनाहरुमा इन्जिन कन्सल्टेन्सीद्वारा मार्बु गाविसको तल्लो खानीखोलाबाट ९ मेगावाट, मकर जितुमाया हाइड्रोपावरद्वारा चंखु र सुरी गाविसको सिमा माथिल्लो सुरीखोलाबाट ७ मेगावाट, नेपाल हाइड्रो डेभलपरद्वारा तल्लो चर्नावती खोलाबाट ६ दशमलब ४०० मेगावाट, सावित्री श्रेष्ठद्वारा विगु गाविसको पेगुखोलाबाट ४ दशमलब ३५० मेगावाट र सञ्जय श्रेष्ठद्वारा आलम्पु तथा विगु गाविसको सिमा माथिल्लो साँघुखोलाबाट ४ दशमलब ७४० मेगावाट र मध्यम जलविद्युत् आयोजनामा सानिमा हाइड्रोपावरद्वारा लामाबगर गाविसको चीनियाँ सिमास्थित जुमखोलाबाट ६२ मेगावाट विद्युत् उत्पादनको सर्भे इजाजत जारी गरिएको विभागले जनाएको छ ।