रवीन्द्र गौतम । दोलखा
दोलखा । गतवर्षको आम विनासकारी भुकम्पका कारण क्षति भएकामध्ये ९ ओटा लघुजलविद्युत् आयोजनाहरुको मर्मत शुरु भएको छ ।
आम विनासकारी भुकम्पका कारण जिल्लाका २३ ओटा लघुजलविद्युत् आयोजनाहरुमा क्षति भए पनि ९ ओटाको मर्मत शुरु भएको हो । ग्रामीण जीविकोपार्जनको लागि नविकरणीय उर्जा कार्यक्रमको रु. २ लाख प्रशासनिक खर्च सहित कूल अनुदान रु. १ करोड २५ लाख ७६ हजार २ सय २० लागतमा ति लघुजलविद्युत् आयोजनाहरु मर्मत शुरु भएको हो ।
कूल ३ सय ३ किलोवाट क्षमताका ९ लघुजलविद्युत् आयोजनाहरु मर्मत हुँदा उत्तरी दोलखाको दुर्गम ८ गाविसका करिब ३ हजार ६५ घरधुरी विद्युत् सेवाबाट लाभान्वित हुने जिल्ला उर्जा तथा वातावरण शाखाका इन्जिनियर श्यामप्रसाद यादवले जानकारी दिए । यादवका अनुसार अनुदानबाट लघुजलविद्युत् आयोजनाहरुको इन्टेक, हेडरेस कुलो, पोखरी, फोरवे, पेनस्टक पाइप र पावर हाउस लगायको मर्मत कार्य हुने इन्जिनियर
यादवले बताए । इन्जिनियर यादवका अनुसार ९ ओटै लघुजलविद्युत् आयोजनाहरुलाई ७५ प्रतिशत पेश्की उपलब्ध गराइसकिएको र विजुली बलेपछि २५ प्रतिशत उपलब्ध गराइने छ । विजुली अभावमा सास्ती खेप्नु परिरहेकोमा आगामी केही समयमा ३ हजार १ सय घरधुरीका करिब १५ हजारले उज्यालोमा बस्न पाउने भएका छन् ।
यादवले बताए । इन्जिनियर यादवका अनुसार ९ ओटै लघुजलविद्युत् आयोजनाहरुलाई ७५ प्रतिशत पेश्की उपलब्ध गराइसकिएको र विजुली बलेपछि २५ प्रतिशत उपलब्ध गराइने छ । विजुली अभावमा सास्ती खेप्नु परिरहेकोमा आगामी केही समयमा ३ हजार १ सय घरधुरीका करिब १५ हजारले उज्यालोमा बस्न पाउने भएका छन् ।
उत्तरी दुर्गम चिलंखा गाविसमा पर्ने ३० किलोवाट क्षमताको स्याँखुखोला र २९ किलोवाट क्षमताको दोरुङ्गखोला, खोपाचागु गाविसको १२ किलोवाट क्षमताको घट्टेखोला, झ्याँकू गाविसको ३२ किलोवाट क्षमताको काक्चेपुखोला, विगु गाविसको ५२ किलोवाट क्षमताको रुप्ताङ्गखोला, सुरी गाविसको ५० किलोवाट क्षमताको कोलुङखोला, चंखु गाविसको ३७ किलोवाट क्षमताको दोलिङखोला, लामिडाँडा गाविसको २१ किलोवाट क्षमताको ठूलोसिम घट्टेखोला र आलम्पु गाविसको ४० किलोवाट क्षमतको नगराघट्टेखोला लघुजलविद्युत् आयोजनाहरुको मर्मत शुरु भएको उर्जा शाखाले जनाएको छ ।

