Friday, May 27, 2016

आधिकारिक ट्रेड युनियन दोलखाको चुनावमा ४ सय ५१ मतदाता

रवीन्द्र गौतम । दोलखा

दोलखा । आधिकारिक ट्रेड युनियनको निर्वाचनको लागि सरकारी वकिलको कार्यालयमा रहेको निर्वाचन कमिटि दोलखाले ४ सय ५१ मतदाताको नामावली सार्वजनिक गरेको छ ।
आगामी जेठ १९ गते हुने नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका निर्वाचन प्रयोजनको लागि
४ सय ५१ मतदाताको नामावली सार्वजनिक गरेको हो । निजामती कर्मचारीका कार्यालय सहायकदेखि अधिकृतसम्मले मतदान गर्न पाउने व्यवस्था भएको युनियनको निर्वाचनमा देशभरबाट ६ छुट्टाछुट्टै ट्रेड युनियनले भाग लिएका छन् ।
देशभरबाट नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, मधेसी दलहरु निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च र वैध निकट राष्ट्रिय कर्मचारी संगठनले निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् ।