रवीन्द्र गौतम । दोलखा
बैशाख २८, दोलखा । जिल्लाको विभिन्न ९४ स्थलमा निर्वाचन आयोगले पठाएको मतदाता परिचयपत्र वितरणको काम बिहिबारदेखि सुरु गरेको छ ।
आइतबार हुने निर्वाचनका लागि आजदेखि ३ दिनसम्म ९४ मतदान स्थलको १ सय ७८ केन्द्रबाट परिचयपत्र वितरण सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । दोलखाका जिल्लाको १ लाख ३३ हजार ४ सय ८२ मतदाताहरुले फोटोसहितको मतदाता परिचयपत्र लिनु पर्ने हुन्छ ।
कार्यालयले परिचयपत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । मतदान सम्बन्धी अन्योल हटाउन कार्यालयले मतदाता परिचयपत्र वितरण सँगै मतदाता शिक्षा पनि दिन लागेको हो । आयोगका अनुसार यसपटक एउटै मतपत्रमा ७ लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले ७ ठाउँमा स्वस्तिक छाप लगाउनु पर्ने हुन्छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुख वा उपाध्यक्षका लागि र तेस्रोमा वडा अध्यक्षका लागि हुनेछ ।
त्यस्तै चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनुपर्नेछ । पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनुपर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैटौंमा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एक–एक वटा छाप लगाउन पनि सकिने आयोगले जनाएको छ ।