![]() |
| एकै व्यक्तिले, एकै दिन दुईपटक निकालेको ध्यानाकर्षण पत्र, जुन सामान्य नागरिकले पनि विश्वास गर्न सक्दैन । |
बैशाख २६, दोलखा । नेकपा एमाले प्रदेश स्तरका नेता शिव भण्डारीका भाई चिरञ्जीवि भण्डारीको नाममा किर्ते हस्ताक्षर गरी एकसाथ २–२ ओटा विज्ञप्ती प्रकाशित भएको छ ।
बैशाख २५ गते केही सञ्चारमाध्यममा एमालेका शिव भण्डारीका भाई चिरञ्जीवि सहित ५० जना नेपाली काँग्रेसमा प्रवेश भन्ने समाचारको विषयलाई लिएर गम्भीर ध्यानाकर्षण भनेर प्रकाशित २ ओटा छुट्टा छुट्टै विज्ञप्तीमा शुन्य प्रतिशत पनि हस्ताक्षर नमिलेको अक्षरसम्वन्धी जानकारी राख्नेहरुको भनाई छ । ध्यानाकर्षण पत्र प्रकाशित हुँदा चिरञ्जीवि भण्डारी मेलुङ गाउँपालिका वडा नं. २, सुकाठोकरमा एक छिमेकीको घर निर्माणमा व्यस्त रहेको स्रोतको दावी रहेको छ ।
भण्डारीसँग टेलिफोन सम्पर्क गर्दा ध्यानाकर्ष पत्रबारे अनभिज्ञ रहेको प्रतिक्रिया दिनु भयो । कुनै गलत ब्यक्तिले अmाफूलाई फसाउन त्यस्तो कृते काम गरेको हुन सक्ने भन्दै भण्डारीले त्यस्ता कृर्ते काम गर्नेंहरुको हर्कतलाई चुनावबाट देखाइदिने पनि बताउनु भयो ।

प्रकाशित २ ओटा छुट्टा छुट्टै ध्यानाकर्षण पत्रको व्यहोरा एउटै भएको भए पनि एउटा पत्र हस्त लिखित र अर्को भने कम्युटर टाइप गरी प्रकाशित गरिएको छ । दुवैमा हस्ताक्षर भने पुरै फरक फरक रहेको बुझिएको छ । मेलुङ गाउँपालिका वडा नं. २, सुकाठोकरमा नेकपा एमालेका प्रदेशस्तरका प्रभावशाली नेता शिव भण्डारीका सरोदर भाई चिरञ्जीवि भण्डारीको नेतृत्वमा ३० जना सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले आयोजना गरेको घरदैलो र कोणसभा कार्यक्रममा सोमबार चिरञ्जीवि भण्डारी सहित ३० जना एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले जनाएको छ । सोमबार एमाले परित्याग गरी भण्डारीको नेतृत्वमा बलबहादुर कार्की, सोमबहादुर अछामी, सन्तोष भण्डारी, कल्पना भण्डारी, कमला भण्डारी, यज्ञदेवी भण्डारी, मिनबहादुर भण्डारी, चित्रबहादुर भण्डारी, भोजबहादुर कार्की रामबहादुर कार्की, चेली कार्की र नरबहादुर थापा सहित ३० जनाको टोली नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले जनाएको छ ।