रवीन्द्र गौतम । दोलखा
साउन २६, दोलखा । नेपालको प्रचलित कानुनले प्रतिवन्ध गरेको वन्यजन्तुको छाला र अखेटोपहार तस्कर गरेको आरोपमा दोलखा प्रहरीले २ जनालाई रंगेहात पक्राउ गरेको छ ।
तामाकोशी बजारमा अबैध रुपमा बन्यजन्तुको छाला र ओखेटोपहार खरिद बिक्री तथा ओसारपसार भई रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त टोलीले मंगलबार बेलुका भीमेश्वर नगरपालिका–६, तामाकोशी बजारबाट २ जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शैलुङ्गेश्वर–१, दोलखाका ४१ वर्षिय लालबहादुर
विश्वकर्मा र घ्याङसुकाठोकर–४, दोलखाका ४६ बर्षिय रामबहादुर तमाङ रहेको
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक विनोद सुनुवारले जानकारी
दिए । पक्राउ परेका विश्वकर्मा र तमाङले बोकेको झोलाबाट संरक्षित वन्यजन्तु
चरिबाघको छाला २ थान, ध्वाँसे चितुवाको छाला १ थान र सालकको खपटा १ दशमलब ५
सय किलोग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका पक्राउ परेका विश्वकर्मा र तमाङलाई थप अनुसन्धान र कारवाहीको लागि जिल्ला वन कार्यालय दोलखामा बुझाइएको प्रहरी निरिक्षक सुनुवारले जानकारी दिए । पक्राउ परेका २ जना, बरामद गरेको बाघ र चितुवाको छाला ३ थान तथा डेढ किलोग्राम सालकको खपटा र सो सम्वन्धि मिसिल प्रहरीले वन कार्यालयलाई बु्झाएको छ ।
दोलखाका जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले प्रहरीबाट मुद्दा बुझिसकिएको बताएका छन् । पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा १ र २ बमोजिम मुद्दा दायर गरिने तयारी गरेको जिल्ला वन अधिकृत भण्डारीले जानकारी दिए । सो ऐनको उपदफा १ बमोजिम ७ प्रकारको वन्यजन्तुको चोरी शिकारी गरी कारोबार गरेमा ५० हजारदेखि १ लाखसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सो ऐनको उपदफा २ बमोजिम ‘यी संरक्षित बाहेक अन्य वन्यजन्तु भएमा’ ४० हजारदेखि ७५ हजारसम्म वा १ देखि १० वर्ष कैद वा दुवै सजाय हुने ऐनले व्यवस्था गरेको छ । नेपालमा २७ प्रकारका वन्यजन्तुलाई ऐनले संरक्षित वन्यजन्तु भनेर परिभाषित गरेको छ ।