रवीन्द गौतम । दोलखा
साउन २५ दोलखा । लागुपदार्थ चरेस कारोबार गर्ने एक व्यक्तिलाई दोलखा प्रहरीले रंगेहात पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सोमबार साँझ ५ बजे भीमेश्वर नगरपालिका–९, मथाने घर भई हाल भीमेश्वर नगरपालिका–१, बसपार्क स्थित इश्वरी श्रेष्ठको घरमा डेरा गरी बस्ने ५२ वर्षिय कुमार बस्नेतलाई लागुपदार्थ चरेस सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बस्नेतको कोठा खान तलासी गर्दा कोठाको ढोकाको चेपमा लुकाई राखेको अवस्थामा ७ सय ७८ ग्राम बराबरको लागुपदार्थ चरेश (४ प्याकेट), प्रयोग गरेको अवस्थाको विभिन्न बैंकको चेकबुक १५ थान र २ थान मोबाईल वरामद गरिएको प्रहरी निरिक्षक विनोद सुनुवारले जानकारी दिए ।
उनले खैरो रंगको प्लास्टिकको टेप लगाई बेरी बिक्री वितरण गर्ने हिसावले संचय गरि राखेको उक्त ४ प्याकेटमध्ये १ प्याकेट चरेश केहीमात्रामा एक छेउबाट निकालेको अवस्थामा फेला परेको बताइएको छ । बस्नेतलाई आवश्यक अनुसन्धान अगाडी बढाइएको समेत प्रहरीको भनाई रहेको छ ।
