भदौ ८, दोलखा । जिल्लाको ३६ कच्ची सडकमा सवारी सञ्चालनका लागि अस्थायी रुट परमिट दिन जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी वागमतीमा सोमबार चलानी नं. ४८८ मार्फत जिल्लाको ३६ ओटा कच्ची सडकलाई अस्थायी रुट परमिट दिन सिफारिस गरेको हो । कच्ची सडकहरुमा सरकारले वस सञ्चालनका लागि इजाजत नदिए पछि दोलखाका दुर्गम क्षेत्रका नागरिकहरुले सास्ती भोग्न बाध्य हुनुपरेको
थियो । प्रशासनले सिजनल र बर्षैभरी चल्ने सहित दुई भागमा विभाजन गरेर सडकहरुको सिफारिस गरेको छ ।
थियो । प्रशासनले सिजनल र बर्षैभरी चल्ने सहित दुई भागमा विभाजन गरेर सडकहरुको सिफारिस गरेको छ ।
जिल्ला भित्र रुट कायम नभएका तर यातायातका साधनहरु संचालन भईरहेका वा हुन सक्ने हैसियत भएका माटे, ग्राभेल, कालोपत्रे सडकहरु सहित ३६ सडकहरुमा अस्थायी रुट परमिट दिन सिफारिस गरिएको दोलखाको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो ।
सरकारले कच्ची सडकमा यात्रुवाहक सवारी सञ्चालनका लागि अनुमति नदिएको र अनुमति विना सवारी सञ्चालनमा आएकाले दुर्घटनाको जोखीम बढेको भन्दै गएको शुक्रवारदेखि जिल्ला ट्राफिक कार्यालय दोलखाले जिल्लाका कच्ची सडक र रामेछाप पुग्ने पुष्पलाल मार्ग लगायतका क्षेत्रमा जाने सवारी साधनमा रोक लगाएको थियो ।
अस्थायी रुट परमिटको लागि सिफारिसमा परेका सडकहरु चरिकोट–दोलखा, दोलखा–सिंगटी, सिंगटी–लामाबगर, सिंगटी–बुलुङ–ओराङ, सिंगटी–ओराङ, सुनखानी–बाबरे, नाम्दु–जुँगु–झ्याँकु, बुस्ती–पुतलीकाठ–लहरेमाने, खावा–छाँैडे, भीरकोट–गैरीमुदी–छौँडे–हावा, भीरकोट–शहरे–हावा, घ्यावापानी–सेरा–सुर्के–निगाले, नयाँपुल–पवटी–भेड्पु, मुडे–मेलुङ, निगाले–बागखोर–भुषाफेदा, भोर्ले–मार्बु, सिद्दाकोथान–जुँगु–झ्ँयाकु, जिरी–माली–श्यामा, मैनापोखरी–बगर–मिर्गे–जोरमाने, सितली–मेलुङ–डाँडाखर्क, सिम्टे–भैंसे, फस्कु–निगाले, देउराली–ढुंगे–शैलुङ, सिंगटी–पोखरे–गोगने, सोरुङ–चिलंखा–विगु, चरिकोट–कुरी–कालिञ्चोक, मालुखोला–गोलेगाउँ, बागखोर–विरेन्द्र मावि, चरिकोट–महाङ्काल, भटमासे–जिलु, दोलखा–नागदह, चरिकोट–दोलखा बाइपास, सोती–निवारे, बञ्चरे–पोखरे, तामाकोशी–मिल्ती, जिरी–ठोसे रहेको प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए ।
