रवीन्द्र गौतम । दोलखा
साउन २८, दोलखा । भीमेश्वर मन्दिरमा राखिएको दान पेटिका फोडेर संकलित दान दक्षिणा गए राती चोरी भएको छ ।
भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठका अनुसार शुक्रबार विहान सरसफाई तथा नित्य पूजाको क्रममा हेर्दा दानपेटिका फोडिएको अवस्थामा भेटिएको बताएका छन् । खुद्रा बाहेक ठूलो नोटहरु हराएको भेटिएको समितिका अध्यक्ष क्षेष्ठले जानकारी दिए । दान पेटिकाबाट कति रकम चोरी भएको भने एकिन हुन नसकेको व्यवस्थापन समितिले जनाएको छ । दानपेटिका करिब २ महिनादेखि नखोलिएको कारण ठूलो रकम चोरी भएको आनुमान गरिएको छ ।
दान पेटिकाको पैसा चोरी भएकोमा जिल्ला प्रहरी कार्याल दोलखाका प्रहरी निरिक्षक विनोद सुनुवारले पुष्टी गरेका छन् । भीमेश्वर मन्दिरमा रहेको प्रहरीले रातको १२ बजेसम्म गस्ती गरेको जनाउँदै १२ बजे पछि चोरी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । खोजी तथा अनुसन्धान कार्य अगाडी बढि सकेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरिक्षक सुनुवारले बताए ।
