२ कोठामा जर्बजस्ती ४० जनालाई कोचियो
रवीन्द्र गौतम । दोलखा
साउन २६, दोलखा । संयुक्त राज्य अरबको दुबई राज्यमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेका ३५ नेपालीहरुको विजोग भए पछि उद्धारको लागि पहल गर्न नेपाली बदुतावाससँग गुहार गरिएको छ ।
दुबईस्थित ३५ नेपालीले आफूहरुले ९ महिनादेखि कम्पनी र मेनपावर विच सम्झौता भएको तबल नपाएको भन्दै उद्धारका लागि संयुक्त राज्य अरबको राजधानी अबुधाबीस्थित नेपाली राजदुतावासमा निवेदन दर्ता गराएका हुन् । उनीहरुले १० महिनादेखि दुबईको लिडर सेक्युरिटी सर्भिसमा काम गरिरहेको संयुक्त राज्य अरबको सारजहाँबाट धनपति पाठकले जानकारी दिएका छन् । १० महिनादेखि सम्झौता गरेको रकम नदिएको र हाल आएर खाना खर्च समेत नदिएको पीडित पाठकले जानकारी दिए ।
काठमाण्डौको हिमारब ओभरसिज र एनसिएफ नेपाल म्यान पावरमार्फत बैदेशिक रोजगारमा गएका उनीहरुले चरम श्रम शोषण भएको बताएका छन् । बैदेशिक रोजगारमा जाँदा २६ दिनको तलब १ हजार ७ सय ८१ दिराम दिने भन्ने सम्झौता गरिएको भए पनि सम्झौताअनुसारको तलब नपाएको भन्दै दुतावाससँग गुहार मागिएको पीडित पाठकले जानकारी दिए । ३० दिन दैनिक १२ घण्टाको दरले काम गरे तापनि रोजगारदाता कम्पनीले महिनाको २०० र ३०० तबल पाउने गरेको पीडित पाठकले जानकारी दिए ।
दुबईको लेबर कोर्टमा उजुरी गर्दा कम्पनीले सम्झौता रद्ध गरी जर्वजस्ती नेपाल फर्काउने धम्की दिएको पीडितहरुले बताएका छन् । रोजगारदाता कम्पनीलाई दुबईको लेबरकोर्टमा मुद्धा दायर गरिएको बारे नेपाली दुतावासका श्रम सहचारी हिरा यादवलाई समेत जानकारी गराएको उनीहरु वताएका छन् ।