Saturday, August 27, 2016

दोलखाको घरेलु तथा साना उद्योगको प्रारम्भिक लगानी रु. ३२ करोड

रवीन्द्र गौतम । दोलखा

भदौ १२, दोलखा । जिल्लाको घरेलु तथा साना उद्योगको प्रारम्भिक लगानी रु. ३२ करोड पुगेको छ । आर्थिक वर्ष  २०७२÷०७३ मा ति घरेलु तथा साना उद्योगहरुबाट कूल रु. २८ लाख ३ हजार १ सय ९३ राजश्व समेत संकलन भएको छ ।
    घरेलु तथा साना उद्योग विकास समिति दोलखाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७२÷०७३ को प्रगति प्रतिवेदनअनुसार प्रारम्भिक लगानी रु. ३२ करोड पुगेको हो । घरेलु तथा साना उद्योग विकास समिति दोलखा जिल्लामा दर्ता भएको कूल ४ सय ७५ घरेलु तथा साना उद्योगहरुमा कूल रु. ३२ करोड ६ लाख २८ हजार प्रारम्भिक लगानी रहेको पाइएको हो । समितिमा उद्योगको रुपमा दर्ता भएको २ सय ३४ फर्महरुबाट कूल रु. १६ लाख ८२ हजार १८ र व्यापारको रुपमा दर्ता भएको २ सय ४्र१ फर्महरुबाट रु. ११ लाख २१ हजार १ सय ७५ गरी कूल रु. २८ लाख ३ हजार १ सय ९३ राजश्व संकलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
    जिल्लामा दर्तामा
रहेको २ सय ३४ साना उद्योगहरुमा मात्र रु. २३ करोड ५८ लाख २८ हजार लगानी रहेको र ति साना उद्योगहरुको कम्तिमा बार्षिक उत्पादन क्षमता रु. २९ करोड २० लाख ५७ हजार रहेको घरेलु तथा साना उद्योग विकास समिति दोलखाका कार्यालय प्रमुख मणिराम नेपालले जनाए । आर्थिक वर्ष ०७२÷०७३ को अन्त्यसम्ममा ती साना उद्योगहरुमा महिला २ सय ८४ र पुरुष ६ सय ६९ गरी कूल ९ सय ५३ जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेको कार्यालय प्रमुख नेपालले जनाएका छन् ।
    आर्थिक वर्ष २०७२÷०७३ मा १ सय साना उद्योग नविकरण, १७ ओटा नामसारी, एक ओटाले ठाउँसारी, ४ ओटाले पूँजीवृद्धि, २ ओटाले उद्देश्य थप, २ ओटाले नाम परिवर्तन, १० ओटाले प्रतिलिपि, २ ओटाको दर्ता खारेजी गरिएको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।
    व्यापारिक प्रयोजनको लागि जिल्लामा दर्ता भएका २ सय ४१ वाणिज्य फर्महरुमा कूल रु. ८ करोड ४८ लाख लगानी रहेको पाइएको छ । जिल्लामा व्यापारिक फर्महरु निकै कम संख्या अर्थात ६८ ओटा मात्र  नविकरण भएको समितिको तथ्याङ्क छ । व्यापारिक फर्महरुमध्ये ३ ओटाले नामसारी, १ ओटाले ठाउँसारी, १२ ओटाले पूँजीवृद्धि, २ ओटाले कारोबार थप, ३ ओटाले नाम परिवर्तन, ७ ओटाको दर्ता खारेजी र १२ ओटालाई प्रतिलिपि प्रदान गरेको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।