रवीन्द्र गौतम । दोलखा
भदौ १६, लामाबगर, दोलखा । उत्तरी दोलखाको लामाबगर गाविस वडा नम्बर ४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरोले २ घर बगाँउदा एकै घरको २ को मृत्यु भएको छ भने ४ अझै बेपत्ता रहेका छन । पहिरो परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका निरिक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।
मृत्यु हुनेमा लामाबगर–४, छ्योत्छ्योत्का २१ बर्षिय बडुले तमाङ र उनको आमा बर्ष ४० कि पातमायाँ तमाङ रहेका छन् भने घाइते मिनबहादुर ठकुरीको घरमा पसल सञ्चालन गरिरहेकी गौरीशंकर–४, सिमीगाउँका चुडुसाङ्बो तमाङको श्रीमती पेममायाँ तमाङ रहेको प्रहरी निरिक्षक कुर्मीले जानकारी दिए । वेपत्ता हुनेहरुमा बडुले तमाङको पिता बर्ष ४५ का मंगले तमाङ, दिदी वर्ष २५ कि त्रिसी तमाङ, २ बर्षिय भाई क्षसाङ तमाङ र हजुरआमा वर्ष ७० कि सतमाई तमाङ रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका मिनबहादुर तमाङको अवस्था सामान्य रहेको छ भने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सिभिल तर्फको ठेकेदार कम्पनी सिनो हाइड्रोमा कार्यरत चिनियाँ नागरिक बर्ष ३६ का बाइजुलियाङलाई भने हेलिकप्टरमार्फत थप उपचारको लागि काठमाण्डौं लगिएको प्रहरीले जनाएको छ । गए राति अबिरल परेको बर्षाका कारण करिब ११ बजे पहिरो घाइते मिनबहादुर तमाङले जानकारी दिए ।
घटनास्थलतर्फ प्रहरी चौकी रोल्वालिङ, सिमा प्रहरी चौकी लामावगर, गोंगरमा रहेको नेपाली सेना, शसस्त्र प्रहरी टोली, ईलाका प्रहरी कार्यालय सिंगटी र सहायक प्रमुख जिल्ला अधिकारी प्रहरी नायव उपरिक्षक रविन कार्की लगायतको टोल ी थप मद्दत सहित राहत सामाग्री (त्रीपाल, टेण्ट लगायतका सामाग्रीहरू) समेत लिई घटनास्थल तर्फ पुगेको प्रहरीले जनाएको छ ।