Sunday, June 5, 2016

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत सहित केन्द्रीय नेतृत्वलाई गृह जिल्ला दोलखामा भव्य स्वागत

दाहिनेबाट क्रमश प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपमहासचिव हिरामान लामा, सचिव शुरोजंग पाण्डे, सदस्याद्वव शरद सापकोटा र भवानी कार्की ।
रवीन्द्र गौतम । दोलखा

जेठ २३, दोलखा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत सहित केन्द्रीय नेतृत्वलाई गृह जिल्ला दोलखामा विभिन्न संघ संस्था लगायतहरुले भव्य स्वागत गरिएको छ ।
           दोलखामा जन्म लिएर पत्रकारितका क्षेत्रको एउटा दरो संगठन प्रेस चौतारी नेपालको सर्बोच्च पद अध्यक्षमा निर्वाचित भएर दोलखाको नाम इतिहासमा रच्न सफल
भएकोमा आइतबार नेपाल पत्रकार महासंघ दोलखा, नेपाल प्रेस युनियन, प्रेस सेन्टर, रेडियो शैलुङ, नेकपा एमाले दोलखा लगायतले एक कार्यक्रमका विच भव्य स्वागत गरेका हुन् ।
             गत जेठ ६, ७ र ८ मा काठमाण्डौंमा सम्पन्न प्रेस चौतारी नेपालका आठौं महाधिवेसनले निर्वाचित गरेको अध्यक्ष गणेश बस्नेत, उपमहासचिब हिरामान लामा, सचिव शुरोजंग पाण्डे र सदस्यद्वय शरद शापकोटा र भवानी कार्कीलाई स्वागत गरी र बधाई ज्ञापन गरिएको छ । ति मध्ये लामा काव्रे जिल्लाका हुन ।
              एमाले दोलखाको कार्यालयमा आयोजित स्वागत एवंम सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बस्नेतले आफु जस्तोसुकै स्थानमा पुगेपनि दोलखा र दोलखालीको माया कहिल्यै नभुल्ने प्रतिबद्धता जनाए । बस्नेतले सुरी गाविसस्थित हलेश्वर उच्च माविबाट कखरा सिकेर भीम उच्च माविबाट प्रवेशिका परिक्षा उत्तिर्ण गरेका हुन । सुरी–८,  मुलाबारीमा जन्मिएका बस्नेत राजधानी दैनिकमा आवद्ध छन् ।