Sunday, June 5, 2016

बर्षाको शुरुमै विशाक्त च्याउ खाँदा जुँगूका १० विरामी


रवीन्द्र गौतम । दोलखा

चरिकोट । बर्षायाम शुरु भएसँगै दोलखाको जुँगु–९, हुप्पासेरेलेमा विशाक्त जंगली च्याउ खाँदा ४ परिवारका १० जना विरामी परेका छन् ।
           जुँगू–९ हुप्पासेरेलेकी छेउमाया तामाङले शनिवार जंगलबाट ल्याएको च्याउ अन्य परिवारका व्यक्तिहरुले पनि मागि लगि पकाई
खाएको हुँदा १० जना विरामी परेका हुन । विरामी हुनेहरुमा ५७ बर्षिय छेउमाया तामाङ, उनको छोरा २२ बर्षिय सोमलाल तमाङ, छोरी १६ बर्षीय सुन्तली तमाङ, ३० बर्षिय कृष्णबहादुर तामाङ,

३५ बर्षिय साङडोल्मा तामाङ, १६ बर्षिय कल्पना तामाङ, ३७ बर्षिय मोहन तामाङ, १४ बर्षिय बामनी तामाङ, १२ बर्षिय कमल तामाङ र १६ बर्षिय कुशकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।          
                      कुश कुमार तामाङले भने छेउमाया तामाङको घरमा नै च्याउ खाएका थिए, उनीहरुलाई उपचारको लागि बिहान करिव ०४ः३० बजे मैनापोखरीको हिमालयन केयर अस्पतालमा ल्याईएकोमा उपचार पछि सबै स्वास्थ्य अवस्था सामान्य रहेको दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।