Friday, June 3, 2016

मेरो नेतृत्वमा राष्ट्रिय सरकार बन्यो भने रु. ५ लाख दिन्छु – प्रचण्ड


रवीन्द्र गौतम । दोलखा

जेठ २१, दोलख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्यो भने दोलखा लगायत १४ जिल्लाका भुकम्पपीडितलाई रु. ५ लाख अनुदान दिने बताएका छन् । प्रस्तुत अभिव्यक्तिले नेकपा एमालेसँग भद्र
सहमति भएको र एमालेले धोका दिएको प्रष्ट भएको छ ।

  नेकपा माओवादी केन्द्र दोलखाको चौथो जिल्ला अधिवेसन उद्घाटन समारोहलाई सम्वोदन गर्ने क्रममा केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘भुकम्प प्रभावित दोलखा लगायत जिल्लाहरुको स्थलगत भ्रमण पछि मैले नै राज्यको ढुकुटी खोलेर ५ लाख दिुन पर्छ भनेर प्रस्ताव गरेको थिएँ ।’ प्रचण्डले दावी गरे, ‘हामीले ५ लाखको कुरा गरे पछि मात्र सरकारले २ लाख दिने भनेको हो ।’
        नेपाली काँग्रेस र मधेसी दलले सहमति गरिसकेका भए पनि ‘अहिले मलाई प्रधानमन्त्री बन्ने हतारो छैन ।’ भन्ने उनले दोहो¥याई–दोहो¥याई दावी गरे । राष्ट्रिय सहमतिको लागि मात्रै त्यतातिर सोचेको छैन । उनले भने, बहुमत सरकारको नेतृत्व गर्न पर्खिरहेको हो ।
               माओवादीलाई एकतावद्ध गरे पछि काँगे्रस र एमालेलाई पनि एकतावद्ध गर्न सकिन्छ भन्ने सोचले हामी केही हतारमा छैनौं । प्रचण्डको दावी थियो । २० महिनाभित्र संविधानअनुसारका कानुन संशोधन गर्ने चुनौती रहेकोले पनि माओवादीलाई सरकारको नेतृत्व गर्न हतार नरहेको प्रष्ट पारे । ३ वर्ष अघि दोलखाको पवटीमा स्थगित भएको चौथो जिल्ला अधिवेसन सदरमुकाम चरिकोटमा गरिएको हो । अधिवेसनले ५१ सदस्य नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।