Sunday, June 12, 2016

चरिकोटको ३ होटलबाट ३ बालमजदुरको उद्धार

रवीन्द्र गौतम । दोलखा

जेठ ३०, दोलखा । महिला तथा बालबालिका कार्यालय दोलखाले जिल्लाको सदरमुकाम चरिकोटस्थित ३ होटलहरुबाट ३ बालमजदुरको उद्धार गरेको छ ।
       होटलहरुले
बालकहरुलाई बालमजदुरको रुपमा प्रयोग गर्दै आएको गुनासोको आधारमा महिला तथा बालबालिका कार्यालयले आइतबार ती बालकहरुको उद्धार गरेको हो ।

        विद्यालयमा पढ्न जाने उमेरमा मजदुरको रुपमा होटलहरुले प्रयोग गरेको भन्दै सरोकारवाला निकाय सहितको उपस्थितिमा आज बिहिबार ३ बालकहरुलाई काम लगाईरहेको अवस्थाबाट उद्धार गरिएको हो ।
            सदरमुकामको होटल गौरीहोराईजनबाट बर्ष १४ का तुलामान थामी, रेसिका मिठाई एण्ड चाट हाउसबाट बर्ष १४ का चन्द्र नेवार र होटल जेनियलबाट बर्ष १२ का तुलमान थामीको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालय दोलखाकी कार्यालय प्रमुख लक्ष्मी ढकालले जानकारी दिइन् । ति बालकहरु सबै दुर्गम कालिञ्चोक गाविसका रहेको कार्यालय प्रखुम ढकालले बताइन् । उद्धार गरिएका बालकहरुलाई केहि दिन अधिकारको लागि बाल संरक्षण केन्द्र नेपालको संरक्षकत्वमा राखिएको ढकालले बताइन् ।