- शाखाको प्रयोग योग्य भवन हुँदा हुँदै पनि अन्यत्र कोठा भाडामा लिई सोसाइटीलाई अनावश्यक आर्थिक भार थपेको,
- पुरानो बोलेरो गाडी खरिद गरी नयाँ गाडीको विल भर्पाइ गरी आर्थिक अनियमितता गरेको,
- भीमेश्वर नगरपालिका–२, पाखलतीमा भुकम्प प्रतिरोधी नमुना घर निर्माण गर्दा आर्थिक अनियमितता गरेको,
- दातृ निकायले उपलब्ध गराएको चामलदेखि त्रिपालसम्ममा चरम हिनामिना गरेको,
- कर्मचारीको तलबको केहि अंस रेडक्रसलाई भन्दै खल्ती भरेको,
- विना टेण्डर किर्ते हस्ताक्षर गरी सामग्री गरिद तथा विल भुक्तानी गरेको,
- सोसाइटीको आफ्नै स्रोतको रकम हिनामिना
रवीन्द्र गौतम । दोलखा
असार १४, दोलखा । नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा मुख्यत ७ कारणले पछिल्लो एकहप्तादेखि बदनाम बन्दै गएको छ ।
रेडक्रस जिल्ला शाखाको मुख्य
कार्यालय रहेको भीमेश्वर नगरपालिका–२, पाखलतीका विभिन्न क्षेत्रसँग प्रत्यक्ष सम्वन्ध राख्ने ६० जनाको हस्ताक्षर सहित जिल्ला प्रशासन कार्यालय दोलखामा मुद्दा दायरदेखि आइतबार जिल्ला स्थित रेडक्रसको दुवै कार्यालयमा तालाबन्दीसम्मको घटना भएको छ । केहीसमय अघिसम्म पवित्र संस्थाको संज्ञा पाएको रेडक्रस दोलखा मुख्यत ७ कारणले घिनलाग्दो हुन पुगेको हो ।
सोसाइटीका दोलखा जिल्ला अध्यक्ष टिकानारायण प्रधानले ब्यापक आर्थिक अनियमिता गरेको भन्दै भीमेश्वर नगरपालिका–२ का वडा नागरिक मञ्चको अगुवाईमा ५ राजनीतिक दलहरु सहित स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले असार ३ मा जिल्ला प्रशासन कार्यालय दोलखा र नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयमा दोलखा रेडक्रसलाई कारबाही र छानबिन गर्न लिखित उजुरी दिँदा समेत बेवास्ता गरेको भन्दै ताला लगाए ।
रेडक्रस सोसाइटी दोलखा विवादमा आउनुका ७ कारणहरु शाखाको प्रयोग योग्य भवन हुँदा हुँदै पनि अन्यत्र कोठा भाडामा लिई सोसाइटीलाई अनावश्यक आर्थिक भार थपेको, पुरानो बोलेरो गाडी खरिद गरी नयाँ गाडीको विल भर्पाइ गरी आर्थिक अनियमितता गरेको, भीमेश्वर नगरपालिका–२, पाखलतीमा भुकम्प प्रतिरोधी नमुना घर निर्माण गर्दा आर्थिक अनियमितता गरेको, दातृ निकायले उपलब्ध गराएको चामलदेखि त्रिपालसम्ममा चरम हिनामिना गरेको, कर्मचारीको तलबको केहि अंस रेडक्रसलाई भन्दै खल्ती भरेको, विना टेण्डर किर्ते हस्ताक्षर गरी सामग्री गरिद तथा विल भुक्तानी गरेको, सोसाइटीको आफ्नै स्रोतको रकम हिनामिना गरी ७ कारणले दोलखा रेडक्रस सोसाइटी बदनाम भएको हो ।
सभापति प्रधानले कार्यालको सामान खरिद समेत नगर्ने र बिल भरपाई मात्रै कार्यालयमा राख्ने समेत गरेको थाहा पाए पछि आफुहरुले ताला लगाएको नेपाली काँग्रेस भीमेश्वर नगरपालिका–२ का वडा सभापति चरित्रकृष्ण जोशीले बताए । भुकम्प पश्चात रेडक्रसले नियुक्त गरेको करिब १ सय कर्मचारीलाई सम्झौता अनुसारको पुरै तलब नदिएको गुनासो आउँदा समेत ढाकछोप गरेर मिलार्ईको रेडक्रसका एक पदाधिकारीले बताए । स्थानीयले रेडक्रसका पदाधिकारी र कार्यसमितिले प्रयोग गर्दै आएको सवारीसाधनको चाबी नियन्त्रणमा लिएर दातृनिकाय स्वीस रेडक्रसलाई नै बुझाएको बताएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले सोसाईटी गरेका कार्यको फाईल कब्जा गरेर आबश्यक अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अति गोप्यपत्र लेखेर पठाईएको बताए ।