Monday, June 27, 2016

यी हुन रेडक्रस दोलखा बदनाम हुनुका ७ कारण

  • शाखाको प्रयोग योग्य भवन हुँदा हुँदै पनि अन्यत्र कोठा भाडामा लिई सोसाइटीलाई अनावश्यक आर्थिक भार थपेको, 
  • पुरानो बोलेरो गाडी खरिद गरी नयाँ गाडीको विल भर्पाइ गरी आर्थिक अनियमितता गरेको, 
  • भीमेश्वर नगरपालिका–२, पाखलतीमा भुकम्प प्रतिरोधी नमुना घर निर्माण गर्दा आर्थिक अनियमितता गरेको, 
  • दातृ निकायले उपलब्ध गराएको चामलदेखि त्रिपालसम्ममा चरम हिनामिना गरेको, 
  • कर्मचारीको तलबको केहि अंस रेडक्रसलाई भन्दै खल्ती भरेको, 
  • विना टेण्डर किर्ते हस्ताक्षर गरी सामग्री गरिद तथा विल भुक्तानी गरेको, 
  • सोसाइटीको आफ्नै स्रोतको रकम हिनामिना

रवीन्द्र गौतम । दोलखा

असार १४, दोलखा । नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा मुख्यत ७ कारणले पछिल्लो एकहप्तादेखि बदनाम बन्दै गएको छ ।
         रेडक्रस जिल्ला शाखाको मुख्य

दोलखामा सेनाद्वारा निर्मित सामुहिक आवास हस्तान्तरण

रवीन्द्र गौतम । दोलखा

असार १३, दोलखा । विनासकारी भूकम्पले आवास गुमाई विपतमा परेकाहरुलाई लक्षित गरी नेपाली सेनाको रणभीम गणले दोलखाको जिरीमा निर्माण गरेको सामुहिक आवास भवन हस्तान्तरण गरिएको छ ।
           रणभीम गणका गणपति मधुसुदन नरसिंह राणाले दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीलाई

Sunday, June 26, 2016

जिरीमा हावाबाट निकालिने ५ मेघावाटको आयोजना ६ वर्षदेखि अलपत्र

रवीन्द्र गौतम । दोलखा

असार १३, दोलखा । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट विजुली निकालेर नेपालमा उर्जा संकट कम गर्ने घोषणा गरिरहँदा दोलखाको पूर्वी जिरीमा हावाबाट ५ मेघावाट विजुली निकालिने आयोजना भने ६ बर्षदेखि अलपत्र परेको छ ।
             देशले चरम उर्जा संकट बेहोरिरहेको अवस्थामा ६ बर्षअघि अध्ययन भएको ५ मेघावाट क्षमताको जिरी वायु उर्जा

यसरी गरिएको थियो सिंगटीमा पुननिर्माण सम्वन्धी सम्झ्रौता ।

(हेर्नुहोस् भिडियो...)

Friday, June 24, 2016

विवादै विवादका विच दोलखा साक्षर जिल्ला घोषणा

  • फर्जी तथ्याङ्क ।
  • जिशिअको तानाशाही कार्यशैली ।
  • जिल्ला शिक्षा समितिमा छलफल तथा निर्णय नै नगरिएको ।
  • ९ गाविसका २ हजार ४ सय ६९ जना शुक्रबारसम्म निरक्षर ।

रवीन्द्र गौतम । दोलखा

असार १०, दोलखा । विवादै विवादका विच दोलखालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शिक्षा समिति र जिल्ला शिक्षा कार्यालय बिच फर्जी तथ्याङ्क, जिशिअको कार्यशैली र ९ गाविस साक्षर हुन बाँकी रहेको भन्ने विवाद हुँदा हुँदै जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनको लिँडे हठकै लहैलहैमा आज शुक्रबार दोलखा २९ औं साक्षर जिल्ला घोषणा भएको हो ।
           जिल्लाको कूल ४८ गाविस र २ नगरपालिकामध्ये ९ ओटा गाविस साक्षर हुन बाँकी छँदै शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले शुक्रबार दोलखालाई साक्षर घोषणा गरेका हुन । कार्यालयको तथ्याङ्कअनुसार १५ वर्ष उमेरमाथिका ५० हजार ८ सय १६ जना साक्षर भए पछि जिल्लालाई साक्षर घोषणा गरिएको हो । सदरमुकाम चरिकोट आसपासका केही सरकारी तथा नीजि विद्यालयहरुमा विदा जनाई बर्षे झरी र हिलाम्मे सडकमा मार्च पास गराई दोलखा साक्षर जिल्ला घोषण गरिएको छ ।
             गत बुधबार आयोजित साक्षर जिल्ला घोषणा तयारी बैठकमा जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मालाई जिशिअ लोप्चनले तथानाम गाली गरी विवादलाई चुलीमा पु¥याएको बैठकमा उपस्थितहरुको भनाई छ । जिशिअ लोप्चन माथि जिल्ला शिक्षा समितिमा छलफल तथा निर्णय नै नगरी मन्त्रीको चाकडीको लागि एकलौटी मिति घोषणा गराएको समितिको आरोप छ ।
     साक्षर हुन पार गर्नु पर्ने सबै सूचकहरुमध्ये १५ वर्ष उमेरभन्दा माथिका साक्षर भएको संख्यालाई मुख्य सूचक पार गरेको मानि दोलखालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय दोलखाको दावी रहेको छ । जिल्लाको सुरी, खारे, गौरीशंकर, लामाबगर, लादुक, पवटी, बुलुङ, चिलंखा र आलम्पु गरी ९ गाविसका २ हजार ४ सय ६९ जना शुक्रबारसम्म निरक्षर रहेको कार्यालयको आफ्नै तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Wednesday, June 22, 2016

प्रविधि र कृषि पेशा
२०७३ सालको रोपाईमा जिलुमा हाते ट्रयाक्टरको प्रयोग गरेर रोपाई गरिँदै ।                                                           तस्विर : केशवराज चौलागाईं

Friday, June 17, 2016

दोलखाको कार्यालयगत राजश्व आम्दानी रु. १६ करोड

रवीन्द्र गौतम । दोलखा

असार ३, दोलखा । आर्थिक वर्ष २०७२÷०७३ को जेठ मसान्तसम्म विभिन्न ७२ शीर्षक गरी दोलखाको सरकारी कार्यालयगत राजश्व आम्दानी रु. १६ करोड पुगेको छ ।

Tuesday, June 14, 2016

दोलखाको ८३ प्रतिशत परिवार स्वच्छ खानेपानीको पहुँचमा

रवीन्द्र गौतम । दोलखा

असार १, दोलखा । दोलखाका ८३ प्रतिशत घरपरिवार स्वच्छ खानेपानीको पहुँचमा रहेको पाइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दोलखाको आर्थिक वर्ष २०७२÷०७३ को प्रगति प्रतिवेदनअनुसार जिल्लाको ८३ दशलमब ६ प्रतिशत

सरकारी डाक्टरको मेहनतमा न्याय हेल्थ नामक एनजिओको डाक्टरको मोज

  • विरामीहरु विना उपचार फर्कन बाध्य
  • न्याय हेल्थ नेपालले सरकारी लेटरप्याडको दुरुपयोग 
  • स्वास्थ्यकर्मीहरुको बिभिन्न ८ पेशागत संघसंगठनले विज्ञप्ति मार्फत  न्याय हेल्थ नेपालको विरोध 
  • सम्झौता (एमओयु) पुनरावलोकन गर्न माग


न्याय हेल्थका डाक्टरहरुले उपचार नगरेपछि सरकारी ओपीडीमा उपचार गराउन लाम लागेका विरामीहरु ।
रवीन्द्र गौतम । दोलखा

जेठ ३२, दोलखा । प्रस्तावित चरिकोट अस्पतालका सरकारी डाक्टरहरुले दिनरात खटिएर विरामीको सेवा गर्ने त्यसको लाभ भने एनजिओका डाक्टरले लिने गरेको कारण अस्पतालमा तनाव भए पछि विरामीहरु विना उपचार घर फर्कन बाध्य भएका छन् ।
          न्याय हेल्थ नेपाल नामक

Monday, June 13, 2016

जबरजस्ती धर्म परिवर्तन गराउने थप १ क्रिश्चियन पक्राउ

पक्राउ परेका दोलखाको मिर्गे २ का शक्ति पाख्रिन
रवीन्द्र गौतम । दोलखा

जेठ ३१, दोलखा । विद्यार्थीहरुलाई जबरस्ती क्रिश्चियन धर्ममा परिवर्तन गराएको आरोपमा थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
        जवरजस्ती धर्म परिवर्तन गराएको आरोपमा गत विहिबार पक्राउ परेकाहरुले गरेको बयानका आधारमा पूर्वी दोलखाको मिर्गे गाविस वडा नं. २ का शक्ति पाख्रिनलाई प्रहरीले आज सोमबार पक्राउ गरेको हो । पाख्रिन माउण्ट भ्याली बोर्डिङ स्कुलका सञ्चालक प्रकाश प्रधानका जेठी श्रीमतीतर्फका सरोदर छोरी ज्वाईं हुन ।

दोलखा मालपोतमा हालसम्मकै सबैभन्दा बढि ८५ लिखत पारित

रवीन्द्र गौतम । दोलखा

जेठ ३१, दोलखा । जिल्ला मालपोत कार्यालय दोलखाले आफ्नो करिब ५० बर्षे इतिहासमा एकै दिन हालसम्मकै सबैभन्दा बढि ८५ लिखत पारित गरेको छ ।
   राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले वितरण गर्ने आवास अनुदान प्राप्तिको लागि गरिने सम्झौतामा लालपूर्जालाई आधारभूत मापदण्ड बनाएसँगै विभिन्न ६ प्रकारका लिखत गरी एकैदिन हालसम्मकै सबैभन्दा बढि ८५ लिखत पारित गरेको हो । कार्यालयको तथ्याङ्कअनुसार यस अघि दैनिक करिब १५ ओटा लिखत पारित हुने गरेको थियो ।           
             गत जेठ २० गते विहिबार अंशबण्डा, बकसपत्र, राजिनामा, दर्ताफारी, अंश बुझेको भरपाई र लाभकर गरी सो संख्याको लिखत पारित भएको जिल्ला मालपोत कार्यालय दोलखाका सूचना अधिकारी अर्जुन पोखरेलले जानकारी दिए । आवास अनुदान लिन लालपूर्जा नचाहिने भएको भए कसैले मतलब नराख्ने जनाउँदै सूचना अधिकारी पोखरेल भने, आपत नपरिकन काम नगर्ने बानीले एकै दिन यो संख्यामा लिखत पारित भएको हो ।
             अंशवण्डा ५, बकसपत्र ३६, राजिनामा ३२, दर्ताफारी २ र लाभकर १ ओ लिखत पारित भएको सूचना अधिकारी पोखरेलले जानकारी दिए । लाभकर रु. २ लाख ८६ हजार ८ र अन्य ५ प्रकारको सेवा वापतको रु. ५ लाख ७३ हजार ३ सय ९६ गरी सोही दिनमात्र कूल रु. ८ लाख ५९ हजार ४ सय ४ राजश्व संकलन भएको सूचना अधिकारी पोखरेलले जानकारी दिए । 
            राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले गत फागुन २९ गतेबाट आवास अनुदान रकम वितरणको लागि सम्झौता सुरु गरेसँगै गत चैतमा ८ सय ५५ र बैशाखमा ७ सय १६ ओटा लिखत पारित भएको कार्यालयको तथ्याङ्क छ । अनुदान प्राप्तिको लागि लालपूर्जा बनाउनेहरुको मालपोत कार्यालयमा ह्वात्तै भिड बढेको हो ।

Sunday, June 12, 2016

चरिकोटको ३ होटलबाट ३ बालमजदुरको उद्धार

रवीन्द्र गौतम । दोलखा

जेठ ३०, दोलखा । महिला तथा बालबालिका कार्यालय दोलखाले जिल्लाको सदरमुकाम चरिकोटस्थित ३ होटलहरुबाट ३ बालमजदुरको उद्धार गरेको छ ।
       होटलहरुले

दोलखाको एनसेल टावरमा आगजनी, रु. ७ लाख क्षति

रवीन्द्र गौतम । दोलखा

जेठ ३०, दोलखा । पूर्वी दोलखाको भीरकोट–४, गैरीबेँसी स्थित एनसेल मोबाइलको रिपिटर टावरमा गए राती आक्रमण भएको छ ।
         आक्रमणबाट टावरमा प्रयोग गरिने जेनेरेटरमा पूर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Friday, June 10, 2016

दोलखामा धर्म परिवर्तन गराउने ७ क्रिश्चियन पक्राउ (फोटो फिचर)

धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेकाहरु प्रहरीद्वारा सार्वजनिक गरिँदै ।
बरामद गरिएका प्रचार सामग्री सहित पत्रकार सम्मेलनको तयारीमा प्रहरी ।
बरामद गरिएका प्रचार सामग्री ।
बरामद गरिएका प्रचार सामग्री ।
धर्म परिवर्तन गराउने क्रममा प्रयोग गरिएको गाडी ।
धर्म परिवर्तन गराउने क्रममा पक्राउ परेकाहरुको बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनका सहभागीहरु ।

दोलखामा धर्म परिवर्तन गराउने ७ क्रिश्चियनहरु पक्राउ





















रवीन्द्र गौतम । दोलखा

जेठ २८, दोलखा । हिन्दु तथा बुद्ध धर्म मान्ने विद्यार्थीहरुलाई क्रिश्चियन धर्ममा परिवर्तन गराएको आरोपमा २ बोर्डिङका सञ्चालकसहित ७ जनालाई दोलखा प्रहरीले प्रक्राउ गरेको छ ।
      स्थानीय माउण्ट भ्याली बोर्डिङ र माडर्न नेपाल बोर्डिङ स्कुलका सञ्चालक सहित क्रिश्चियन धर्म सम्बन्धि पुस्तक बाँडेर धर्मप्रचार गरेको आरोपमा

Wednesday, June 8, 2016


कालिञ्चोक भगवती मन्दिरको भेटी टेण्डरबाट संकलन

रवीन्द्र गौतम । दोलखा

जेठ २६, दोलखा । दोलखाको बहुचर्चित कालिन्चोक भगवती मन्दिरको भेटी टेण्डर प्रक्रियाबाट संकलन गरिने भएको छ । 
            स्थापनाकालदेखि कालिञ्चोक आसपासमा बसोबास गर्नेहरुले संकलन गर्दै आइरहेको भेटी आगामी केही समयदेखि टेण्डर आह्वान गरी संकलन कार्यलाई व्यवस्थित गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले कालिन्चोक भगवती मन्दिरमा तीर्थ भर्न पुगेका भक्तजनहरुले चढाएको भेटी टेण्डर प्रक्रियाबाट संकलन गर्ने प्रक्रिया अगाडि बढाएको हो । कालिञ्चोकमा चढाइएको भेटी अव्यवस्थित भई हिनामिना समेत भएको गुनासोको आधारमा प्रशासनले व्यवस्थित गर्ने प्रक्रिया थालनी गरेको हो ।
         व्यवस्थित गरिए पछि संकलन भएको भेटीले राज्यको आम्दानी पनि

दोलखामा ५ दिने राष्ट्रिय नाटक महोत्सव सुरु

रवीन्द्र गौतम । दोलखा

जेठ २६, दोलखा । ‘सौन्दर्य, कला र संस्कृति सभ्यताको मूल आधार’ भन्ने मूल नाराका साथ दोलखाको सदरमुकाम चरिकोटमा ५ दिने राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ ।
                   नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा दोलखाको सदरमुकाम चरिकोटस्थित सिमपानी

Tuesday, June 7, 2016

जीक्याप प्रमुख शाहको मृत टाउकोको मूल्य रु. १० लाख

मूल्य तोक्ने पक्राउ, साइबर अपराध मुद्धा दायर

रवीन्द्र गौतम । दोलखा

जेठ २५, दोलखा । पटक पटक विवादमा मुछिएका गौरीशंकर संरक्षण क्षेत्र दोलखाका प्रमुख सत्यनारायण शाहलाई फेसबुकमार्फत मृत टाउकोको मूल्य तोक्नेलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ ।
 सामाजिक सञ्जाल फेसबुकमा जीक्यापका प्रमुख शाहको मृत टाउकोको मूल्य तोक्ने लादुक ७ का ४३ बर्षिय शान्त केसी खत्रीलाई प्रहरीले पक्राउ गरी साइवर अपराध मुद्धामा ५ दिन म्याद थपेको दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।
          गत बैशाख १३ गते संरक्षण क्षेत्रको कार्यालय सिंगटीमा भएको तोडफोडमा संलग्न भनिएका खत्रीले आफ्नो फेसबुक वालमा गत जेठ ११ गते शाहको टाउको ल्याउनेलाई रु. १० लाख

Sunday, June 5, 2016

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत सहित केन्द्रीय नेतृत्वलाई गृह जिल्ला दोलखामा भव्य स्वागत

दाहिनेबाट क्रमश प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपमहासचिव हिरामान लामा, सचिव शुरोजंग पाण्डे, सदस्याद्वव शरद सापकोटा र भवानी कार्की ।
रवीन्द्र गौतम । दोलखा

जेठ २३, दोलखा । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत सहित केन्द्रीय नेतृत्वलाई गृह जिल्ला दोलखामा विभिन्न संघ संस्था लगायतहरुले भव्य स्वागत गरिएको छ ।
           दोलखामा जन्म लिएर पत्रकारितका क्षेत्रको एउटा दरो संगठन प्रेस चौतारी नेपालको सर्बोच्च पद अध्यक्षमा निर्वाचित भएर दोलखाको नाम इतिहासमा रच्न सफल

बर्षाको शुरुमै विशाक्त च्याउ खाँदा जुँगूका १० विरामी


रवीन्द्र गौतम । दोलखा

चरिकोट । बर्षायाम शुरु भएसँगै दोलखाको जुँगु–९, हुप्पासेरेलेमा विशाक्त जंगली च्याउ खाँदा ४ परिवारका १० जना विरामी परेका छन् ।
           जुँगू–९ हुप्पासेरेलेकी छेउमाया तामाङले शनिवार जंगलबाट ल्याएको च्याउ अन्य परिवारका व्यक्तिहरुले पनि मागि लगि पकाई

Friday, June 3, 2016

मेरो नेतृत्वमा राष्ट्रिय सरकार बन्यो भने रु. ५ लाख दिन्छु – प्रचण्ड


रवीन्द्र गौतम । दोलखा

जेठ २१, दोलख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्यो भने दोलखा लगायत १४ जिल्लाका भुकम्पपीडितलाई रु. ५ लाख अनुदान दिने बताएका छन् । प्रस्तुत अभिव्यक्तिले नेकपा एमालेसँग भद्र

दोलखाको एनजिओहरुमा १ हजार रोजगारी

रवीन्द्र गौतम । दोलखा
  • दोलखाका ३ सय १६ पुरुष र ३ सय ४९ महिला सहित ६ सय ६५ जना रोजगार ।
  • दोलखा बाहेक जिल्लाका २ सय ५३ पुरुष र १ सय ४ महिला सहित ३ सय ५७ जना रोजगार ।
  • विदेशी ३ जना महिला रोजगार ।  विवरण सहित...

जेठ २०, दोलखा । भुकम्प पछि दोलखामा कार्यरत राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुमा १ हजारभन्दा बढिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
     २०७२ बैशाख १२, १३ र २९ को विनासकारी भुकम्प पछि दोलखामा क्रियाशिल ५१ राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरुमा गरिएको अध्ययन अनुसार दोलखामा

Thursday, June 2, 2016

न्याय हेल्थ दोलखाद्वारा पीडित बिरामीलाई रु. १ लाख क्षतिपूर्ती

रवीन्द्र गौतम । दोलखा

जेठ २१, दोलखा । जिल्लामा स्थापना कालदेखिनै उच्च विवादमा रहेको न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले विरामीको उपचारमा चरम लापरवाही गरेको भन्दै परेको उजुरीमा रु. १ लाख क्षतिपूर्ती तिरेको छ ।
          २०७२ माघबाट सेवा सुरु गरेको एनजिओले फागुनमा एक विरामीको उपचार गर्दा चरम लापरवाही गरेको भन्दै विरामीको आफन्तले गत माग २८ गते उजुरी दर्ता गराएका थिए । डाक्टरको लापरवाहीको कारण अनावश्यक झण्झट र आर्थिक क्षति व्यहोर्नु परेको कारण क्षतिपूर्ति माग गरी न्याय हेल्थ नेपाल र जिल्ला स्वास्थ्य कार्यालयलाई बोधार्थ दिएर उजुरी दर्ता गराएका थियौं पीडित विरामीका भाई उपेन्द्र थापाले बताए । उनले भने, ‘रु. १ लाख क्षतिपूर्ती पाएका छौं ।’ उनले थपे, न्याय हेल्थले सिधै नदिएर